सरकारी सवारी साधन राजनीतिक कार्यक्रममा प्रयोग नगर्न ध्यानाकर्षण

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले सूचना जारी गर्दै सरकारी सवारी साधन राजनीतिक गतिविधिमा प्रयोग नगर्न ध्यानाकर्षण गराएको हो ।

माघ २८, २०८२

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीमा जनप्रतिनिधिहरूले चुनावलक्षित कार्यक्रममा सरकारी सवारी साधन प्रयोग गरेको गूनासो आएपछि आचारसंहिता विपरीतका त्यस्ता काम नगर्न ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले सूचना जारी गर्दै सरकारी सवारी साधन राजनीतिक गतिविधिमा प्रयोग नगर्न ध्यानाकर्षण गराएको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा आचारसंहिताविपरीत सरकारी सवारी साधन प्रयोग भएको गूनासो आएपछि निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बुधबार सूचना जारी गरेर राजनीतिक काममा सरकारी सवारीसाधन प्रयोग नगर्न निर्देशन दिएको हो । स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई कार्यालयको कामबाहेक अन्य राजनीतिक कार्यक्रम तथा गतिविधिमा सरकारी सवारी साधन प्रयोग नगर्न आग्रह गरेको पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताए । 

प्रतिनिधिसभा निर्वाचन २०८२

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully