तनहुँको भानु नगरपालिकामा कांग्रेसका त्रिपाठी र गोतामे विजयी

जेष्ठ ६, २०७९

सम्झना रसाइली

तनहुँ — भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका आनन्दराज त्रिपाठी र उमा गोतामे निर्वाचित भएका छन् । त्रिपाठीले १२ हजार २५२ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।

 उनका निकटतम प्रत्यासी नेकपा एमालेका सीताराम बजगाईले ९ हजार ४३ मत पाए । 

त्यस्तै, उपमेयरमा कांग्रेसका गोतामेले १० हजार ५४७ मत पाएका छन् भने उनका निकटतम प्रत्यासी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत ल्याए । 

स्थानीय तह निर्वाचन २०७९

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully