सिरहाको कल्याणपुरमा एमालेका साह र यादव विजयी 

जेष्ठ ६, २०७९

भरत जर्घामगर

सिरहा — कल्याणपुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामपुकार साह तेलीले ५ हजार ८ सय ८३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका धर्मनाथ यादवले ५ हजार ३ सय ५३ मत ल्याएका थिए । 

त्यस्तै, उपमेयरमा एमालेका रेखाकुमारी यादवले ५ हजार ७ सय ३३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसकी धनेश्वरीदेवी मण्डल ५ हजार ४ सय ७० मत प्राप्त गरिन् ।

१२ वडा रहेको कल्याणपुर नगरपालिकामा ५ वटा वडामा एमाले, ३ वटामा वडामा जनता समाजवादी पार्टी, २ वटा वडामा कांग्रेस, एउटा वडामा नेकपा एकीकृत समाजवादी र एउटा वडामा जनमत पार्टी वडाध्यक्षमा विजयी भएका छन् ।

स्थानीय तह निर्वाचन २०७९

भरत

Link copied successfully