सुनसरीको कोशी गाउँपालिकामा कांग्रेसका अन्सारी र यादव विजयी

जेष्ठ ६, २०७९

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको कोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका एयुब अन्सारी ६ हजार ४ सय १६ मत सहित विजयी भएका छन् ।

 उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका देवकृष्ण यादवले ५ हजार २ सय १७ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा कांग्रेसकी अनिता देवी यादव ५ हजार ३ सय ९९ मत सहित विजयी भइन् ।

उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी अणुदेवी खैरवारले ४ हजार ७ सय ८ मत प्राप्त गरिन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा समेत कांग्रेसको तर्फबाट अन्सारी र यादव विजयी भएका थिए । 

स्थानीय तह निर्वाचन २०७९

सुम्निमा

Link copied successfully