राजविराजको मेयर र उपमेयर दुबैमा जसपाका उम्मेदवार विजयी 

अघिल्लो चुनावमा जसले हराए, अहिले उनैलाई हराए भिमराजले

जेष्ठ ६, २०७९

राजविराज — अघिल्लो निर्वाचनमा १७ मतले पराजित भएका भिमराज यादव यसपटक सप्तरीको राजविराज नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । जसपाका यादवले निवर्तमान मेयर शम्भुप्रसाद यादवलाई ४ हजार ८ सय १७ मतान्तरले पराजित गर्दे आगामी ५ वर्ष राजविराजको नेतृत्व गर्ने अवसर पाएका हुन् । 

मेयरमा निर्वाचित भिमराजले  ९ हजार ६ सय २४  मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्वी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादवले  ४ हजार ८ सय १७ मत पाए । मनोनयनको अघिल्लो दिनसम्म भिमराज र शम्भु जसपामै थिए । जसपा नेतृत्वले भिमराजलाई टिकट दिने निर्णय गरेपछि निवर्तमान मेयर शम्भु पार्टी परित्याग गर्दे माओवादीबाट मेयरमा उम्मेदवार भएका थिए ।

राजविराजको उपमेयरमा पनि जसपाकी इसरत परविण निर्वाचित भएकी छिन् । उपमेयरमा निर्वाचित इसरत परविणले  ७ हजार २ सय ६४ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्द्वी काग्रेसकी सुशिलादेवी यादवले  ४ हजार ४ सय २७ मत प्राप्त गरिन् ।

स्थानीय तह निर्वाचन २०७९

Link copied successfully