घ्याल्चोकमा कोभिड अस्पताल सञ्चालन

जेष्ठ २, २०७८

हरिराम उप्रेती

गोरखा — गण्डकी गाउँपालिका–८ घ्याल्चोकस्थित स्वास्थ्य चौकिमा १० बेड क्षमताको कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा आएको छ । मेडिकल अफिसर सहितको स्वास्थ्यकर्मीको टिम राखेर केयर सेन्टर सञचालनमा ल्याइएको घ्याल्चोक स्वास्थ्यचौकिका इन्चार्ज विमल रेग्मीले बताए ।

केन्द्रमा मेडिकल अफिसर, हेल्थ असिन्टेन्ट, स्टाफ नर्स र अहेब एक–एक जना व्यवस्थापन गरिएको छ ।  कोरोना संक्रमितको सहज उपचारका लागि सञ्चालनमा आएको केन्द्रले वैशाख २७ गतेबाट उपचार पनि थालेको छ । 

घ्याल्चोकमा केन्द्र सञ्चालनमा आएसँगै बिरामीलाई जटिल खालको स्वास्थ्य समस्या भए काठमाडाैं, चितवन लगायतका अस्पतालमा रिफर गर्न सजिलो हुने रेग्मीले बताए ।

गण्डकी गाउँपालिकाको मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पाँच बेड क्षमताको आइसोलेसन सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । हाल गाउँपालिकाभरि २९ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको उनले बताए । 

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully