नवलपरासी पूर्व — नवलपरासी पूर्वको गैंडाकोटमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट नगरपालिका वडा नम्बर १२ बस्ने ८२ वर्षीय पुरुषको उपचारका क्रममा चितवनस्थित भरतपुर अस्पतालमा शुक्रबार अबेर मृत्यु भएको हो ।
योसमेत गैंडाकोट नगरपालिकामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा कोरोना संक्रमणबाट शनिबार बिहानसम्म २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
