सल्यान जिल्ला प्रशासन फेरि एक साताका लागि बन्द

कार्तिक २१, २०७७

विप्लव महर्जन

सल्यान — जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह फेरि एक साताका लागि बन्द गरिएको छ । थप कर्मचारीमा कोरोना पुष्टि भएपछि २७ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो ।

यसअघि पनि कर्मचारीमा कोराना देखिएपछि गत १३ गतेदेखि एक साताका लागि कार्यालयले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो ।

पछिल्लो समय १५ जना कर्मचारीको स्वाब पीसीआर परीक्षण गर्दा एक कर्मचारीमा कोरोना पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए । उनका अनुसार एक साताका लागि शान्ति सुरक्षा, मुद्दा र विपद् व्यवस्थापन बाहेकका सबै काम बन्द भएका छन् । 

कोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully