काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १३ सय ३८ कोरोना संक्रमित

कार्तिक २१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ३३८ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ५७० महिला र ७६८ पुरुष रहेका छन् ।

काठमाडौंमा १ हजार ३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully