पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण

कार्तिक ६, २०७७

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई कोरोना संक्रमण भएको छ ।

बिहीबार सीडीओ पंगेनीको पीसीआर नतिजा पोजिटिभ देखिएको हो । उनीसहित परिवारका अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । 

प्रजिअ पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully