देवदहमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमितको मृत्यु

कार्तिक ६, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको देवदह नगरपालीकामा होम आइसोलेसनमा बसेकी एक संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह–८ की ७७ वर्षीया महिला रहेको देवदह नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले बताए ।

कात्तिक २ गते स्वास्थ्यमा समस्या भइ चितवनको भरतपुर अस्पताल लगिएकी उनको ४ गते नतिजा पोजिटिभ आएपछि अस्पतालले फिर्ता पठाइदिएको थियो । फिर्ता ल्याइ होम आइासेलेसनमा राखिएकी उनको बिहीबार बिहान मृत्यु भएको बन्जाडेले जनाए ।  

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully