स्वास्थ्य मन्त्रालयकाे 'कोरोना प्रेस ब्रिफिङ' ५ दिन नआउने- समाचार - कान्तिपुर समाचार

स्वास्थ्य मन्त्रालयकाे 'कोरोना प्रेस ब्रिफिङ' ५ दिन नआउने

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना प्रेस ब्रिफिङ केही दिनका लागि रोकिने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैं बिदा लगत्तै अर्को बुधबारदेखि थप परिस्कृत रुपमा मिडिया ब्रिफिङ लिएर प्रस्तुत हुने जानकारी दिए ।

उनले कोरोनासम्बन्धी तथ्यांक तथा जानकारी मिडिया ब्रिफिङ आउने समय सवा ४ बजे नै मन्त्रालयले विभिन्न माध्यमबाट यसबारे जानकारी दिने बताए ।

मन्त्रालयको स्वास्थ्य मोबाइल एप्लिकेसन, स्वास्थ्य मन्त्रालयको भाइबर ग्रुप र वेबसाइटबाट कोरोनासम्बन्धी जानकारी लिन सकिनेछ ।

प्रकाशित : कार्तिक ६, २०७७ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा २४ घण्टामा थपिए १ हजार ५५२ कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५५२ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २८३ , ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना संक्रमित देखिएका हुन् । 

२४ घण्टामा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् ।

बुधबार उपत्यकामा ३ हजार १०७ कोरोना संक्रमित थपिएका थिए ।


प्रकाशित : कार्तिक ६, २०७७ १६:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×