नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो- समाचार - कान्तिपुर समाचार

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख नाघेको छ । २४ घण्टामा ३ हजार २१५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २ हजार ८२० संख्या पुगेको छ ।
बिहLबार २४ घण्टामा जनामा संक्रमण ३ हजार ६३७ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ५० हजार १५२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ७५१ जना रहेका छन् ।

प्रकाशित : कार्तिक ६, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८७७ पुगेको छ ।

२४ घण्टामा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् ।

त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १६:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×