कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

२४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८७७ पुगेको छ ।

२४ घण्टामा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् ।

त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?