२४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

कार्तिक ६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जनाए ।  यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८७७ पुगेको छ ।

२४ घण्टामा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् । 

त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully