२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

देशभर कोरोना उपचारका लागि अक्सिजनसहितको ६ हजार बेड थपिने

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अक्सिजनसहितको ६ हजार बेड हाइ डिपेन्डेन्सी युनिटको व्यवस्था गरिरहेको जानकारी दिएको छ ।

देशभर कोरोना उपचारका लागि अक्सिजनसहितको ६ हजार बेड थपिने

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसका लागि ४ अर्ब २५ करोड २७ लाख २० हजार विनियोजन गरी पठाइएको बताए ।

उपत्यका बाहिर हरेक प्रदेशमा ३/३ वटा अस्पतालमा २५ बेड थपिँदै छ । प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, मेची अस्पताल र प्रदेश २ मा नारायणी अस्पताल, जनकपुर अस्पताल, सगरमाथा अस्पताल रहेका छन् ।

वाग्मती प्रदेशमा भरतपुर अस्पताल, हेटौंडा अस्पताल, धुलिखेल अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाग्लुङ अस्पताल, गोरखा अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान , सुर्खेत अस्पताल, जाजरकोट अस्पताल, सुदूरपश्चिम प्रदेशमा सेती अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पतालमा २५ /२५ बेडका दरले हाइ डिपेन्डेन्सी युनिट सुरु गर्न बजेट पठाइएको हो ।

त्यसैगरी काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा सय/सय बेडको हाइ डिपेन्डेन्सी युनिट थपिनेछ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पुलिस अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, धुलिखेल अस्पताल, दहचोक अस्पताल, आर्मी अस्पताल, सिभिल अस्पताल, एपिएफ अस्पतालमा ५०/५० बेडको सेवा सुरु हुने डा. गौतमले बताए ।

नेपाल मेडिकल कलेज टिचिङ हस्पिटल, काठमाडौं मेडिकल टिचिङ हस्पिटल, किष्ट मेडिकल कलेज ,कान्ति बाल अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग केन्द्र, चापागाउँ अस्पताल, भक्तपुर नगरपालिका अस्पताल, भक्तपुर अस्पताल, सुमेरु अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, अल्का अस्पतालमा २५/२५ बेडको एचडीयू थपिनेछ ।

प्रकाशित : कार्तिक ६, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?