गण्डकीमा थप ५६ जनामा कोरोना संक्रमण

असार ५, २०७७

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशमा शुक्रबार ५६ कोरोना संक्रमित थपिएका छन । योसँगै संक्रमितको संख्या ३८० पुगेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी बागलुङमा २४ जना संक्रमित थपिएका हुन । यसैगरी तनहुँमा १७, कास्कीमा ६, पूर्वी नवलपरासी र स्याङ्जामा २/२ र पर्वतमा ५ जना संक्रमित भेटिएका हुन् । पर्वतमा संक्रमण पुष्टि भएका पाँचै जना जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । 

गण्डकी प्रदेशमा संक्रमितमध्ये ३४ जना निको भएका छन् । प्रदेशका ११ जिल्लामध्ये मुस्ताङमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन । स्याङ्जाका एक जनाको मृत्यु भएको छ  ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully