गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित

जेष्ठ २७, २०७७

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्तिमार्फत थप २४ जनामा संक्रमण देखिएको जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा १२, बागलुङमा ११ र म्याग्दीमा १ जनामा कोरोना संक्रमण देखिएको । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षणमा थप संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष र १८ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ । यसमध्ये ४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

 

लालप्रसाद

Link copied successfully