कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुरा घटनामा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको क्रममा बाजुरामा दुई जनाको ज्यान जाने गरी भएका घटनामा अनुसन्धान थालेको छ । आयोगले घटनाको विषयमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा छानबिन तथा अनुसन्धान गर्न टोली परिचालन गरेको हो ।

बाजुरा घटनामा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

मंसिर ४ गते निर्वाचनको क्रममा बाजुरामा विवाद हुँदा दुई जनाको ज्यान गएको थियो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले आयोगले घटनाको विषयमा छानबिन गर्न टोली पठाएको जानकारी गराउँदै अनुसन्धानमा सहयोग पुर्‍याउन सबै राजनीतिक दल र सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।

मंसिर ४ गते मतदानको दिन त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले फायरिङ गरेको थियो ।

त्यसक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अएडीको मृत्यु भएको थियो भने चेतन अएडीको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । त्यहाा मतदान रोकिएपछि अहिलेसम्म पनि पुनः मतदान हुनसकेको छैन ।

प्रकाशित : मंसिर ९, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?