१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कराते खेलाडीलाई लकडाउनको साथी टिकटक

नमिता दाहाल

काठमाडौँ — विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) का कारण देशमा लकडाउन घोषणा भएपछि खेलाडीहरु फुर्सदिला बनेका छन् । उनीहरुका लागि फुर्सदको समय बिताउने माध्यम टिकटक बनेको छ ।

कराते खेलाडीलाई लकडाउनको साथी टिकटक

घरबाट बाहिर निस्कन नपाइने हुँदा उनीहरु घरमा टिकटक बनाउने र हेरेर समय बिताउने गरेको बताउँछन् । काठमाडौंमा रहेकी सुनिता मर्हजन दिउँसोको समयमा टिकटक हेर्ने गर्छिन । आफै बनाउने भन्दा पनि अर्काको हेरेर रमाइलो हुने गरेको उनी बताउँछिन् । लकडाउनमा उनले श्रीमानसँग टिकटक बनाएर पोष्ट पनि गरेकी छन् । अरु बेला मुस्किलले भेट हुने परिवारसँग हाल राम्ररी समय बिताई रहेकी छन् । उनी भन्छिन्, ‘टिकटक हेर्याे भने दिन सजिलै बित्छ । बनाउँछु पनि, बनाउन भन्दा पनि अर्काको हेर्न रमाइलो लाग्छ मलाई ।’

खेल नभएपछि खेलाडी पनि अन्य व्यक्ति सरह टिकटकमा झुम्न थालेका हुन् । दिनभरि घरमा बस्दा दिन कटाउने साथी बनेको छ टिकटक । फेसबुक, इन्स्टाग्राम हेर्दा दिक्क लाग्ने तर, टिकटक हेर्दा फरकपनको अनुभूति हुने गरेको नविन रसाइली बताउँछन् । उनी भन्छन्, ‘सबैकुरा ठप्प भएपछि टिकटकले दिन काट्न सजिलो भएको छ ।’

खेलकुद सबै कोरोनाले बन्द भएपछि अनुपमा मगर भने हाल झापामा छिन् । इलाम घुम्न भनेर गएकी उनी उतै लकडाउनमा परेकी छन् । उनी पनि अचेल टिकटकमा रमाउन थालेकी छन् ।

फुर्सदको समयमा टिकटक बनाएर अन्य सोसल मिडिया साइटमा राख्ने गर्छिन उनी । कराँते बाहेक मोडलिङमा पनि सक्रिय रहेकी उनी दिउँसोको समयमा टिकटक बनाउने र हेर्ने गर्छिन् । टिकटकमा उनको दुई हजार भन्दा बढी फलोर्अस् छन् । चलेका डाइलग, गीत तथा आफूलाई मन पर्ने खालको गीत र डाइलगमा उनी टिकटक बनाउने गर्छिन् । ‘लकडाउनको समयमा टिकटकले दिन कटाउन सजिलो भएको छ ’ उनी भन्छिन ।

लकडाउनले घरबाट बाहिर निस्कन नपाएर दिक्क लागेको समयमा टिकटकले साथीको भूमिका निर्वाह गरेको उनी बताउँछिन् । नयाँ अनुहार, नयाँ कला र एक किसिमको फरकपन तथा ताजापनको महसुस गर्न पाउने भएकाले खेलाडीहरु टिकटकमा आकर्षित बन्न पुगेका हुन् ।

‘कराते खेले पनि हामी फुर्सदको समयमा क्याम्पमा बस्दा पनि टिकटक भिडियो बनाएर अपलोड गथ्र्यौ । अहिले लकडाउनमा एक्लै बस्दा पनि राम्रो गीत र साउन्ड आयो भने बनाउन मन लाग्छ ’ करातेमा गोल्ड मेडलिस्ट कुसुम खड्का भन्छिन् । टिकटक हेर्न थाल्यो भने समय बितेको थाहै नपाइने अर्का खेलाडी नविन रसाइलीको भनाइ छ । अनुपमाको पनि यसमा उस्तै प्रतिक्रिया छ । उनी भन्छिन्, ‘टिकटकले मुड फ्रेस गराउँछ ।’

खेलकुद कार्यक्रम केही छैन । घुम्न जान पनि लकडाउनले दिँदैन । यो बेला टिकटक एक प्रकारले समयको सदुपयोग पनि हो । कला प्रस्फुटन गर्ने ठाउँ हो । र भित्रै बसेर पनि रमाइलो गर्न सकिने र फरक फरक मानिसहरुको फरक फरक कला हेर्न पाइने भएकाले पनि टिकटक लकडाउनको समयमा प्रिय बनेको हो । परिवारका सदस्यसँग होस् वा एक्लै खेलाडीहरु टिकटक बनाउँदै पोष्ट गरेको पाइन्छ ।

टिकटक अन्य सामाजिक सञ्जाल भन्दा फरक छ । संसारभरका मानिसले आफूमा भएको कला यसमा देखाउन सक्छन् । पेशा जे सुकै भएपनि आफूमा भएको प्रतिभा देखाउने ठाउँ बनेको छ टिकटक । विश्वका जुनसुकै कुनामा बसेर आफ्नो भिडियो अपलोड गर्न सक्छन् । धेरैले प्रतिभा मन पराइ फलो गर्ने गर्छन् । पेशा-व्यवसाय जे जस्तो भएपनि आफूमा लुकेको प्रतिभा प्रस्फुटन गर्ने सर्वसुलभ प्लेटफर्मका रुपमा धेरैले टिकटक मन पराएका छन् ।

प्रकाशित : चैत्र २२, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?