काठमाडौँ — गायक शिव परियारको स्वरमा नयाँ गीत ‘हिँड्दै छु एक्लै..’ को भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा प्रदीप गौतमको शब्द तथा रिदम कँडेलको संगीत रहेको छ ।
विक्रम चौहानले निर्देशन गरेको भिडियोमा विक्रम बुढाथोकी र सुरक्षा इतानीले अभिनय देख्न सकिन्छ । अन्यभन्दा यो गीतमा केही फरकपन रहेको र भिडियोमा प्रेम, संघर्षको कुरा देखाइएको गीतकार गौतमले बताए ।
