काठमाडौँ — सशस्त्र प्रहरी प्रमुख राजु अर्यालको शब्दमा ‘ए मायालु..’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गैरे सुरेशको संगीत रहेको उक्त गीतलाई सुगम पोखरेलले गाएका हुन् ।
दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेको म्युजिक भिडियोमा प्रियंका कार्की, आकाश श्रेष्ठ, जीवनकुमार ज्ञवाली, शिवशरण न्यौपाने र शिवराम भट्टले अभिनय गरेका छन् ।
अर्यालकै शब्द रहेको ‘तिम्रो साथै मिठो, तिम्रो गाथै मिठो..’ गीत शिव परियार, ‘नलेखेको सुख हजुर सोच्न हुँदैन....’ गीत बेनिशा पौडेलले गाएका छन् । त्यस्तै सत्यराज आचार्यको स्वरमा ‘यो माटो मेरो हो...’ बोलको राष्ट्रिय गीत पनि रेकर्ड भइसकेको छ । फुर्सदको समयमा गीत रचना गर्ने गरेको अर्यालले सुनाए ।
