बुसानमा ‘पूजा, सर’

आश्विन १८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण कोरियामा बुधबारदेखि आयोजित २९ औं बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘पूजा, सर’ पनि प्रतिस्पर्धामा छ ।

फिल्ममा महिला प्रहरी अधिकृतको भूमिकामा रहेकी पूजा उर्फ आशा मगरातीसहित यसका कलाकारहरू दयाहाङ राई, निकिता चण्डक, पशुपति राई, निर्माता रामबाबु गुरुङ र कार्यकारी निर्माता मीन भामलगायत बुधबार महोत्सवको रेड कार्पेटमा उपस्थित भएका थिए । ‘पूजा, सर’ महोत्सवको ‘एसियन सिनेमा विन्डो’ अन्तर्गत प्रतिस्पर्धाका लागि छनोट भएको हो । महोत्सव आगामी शुक्रबारसम्म चल्नेछ ।

कान्तिपुर

Link copied successfully