काठमाडौँ — भारतको जयपुर, राजस्थानमा सोमबार भएको ग्रान्ड फिनाले जित्दै १९ वर्षीया रिया सिंघा यस वर्षकी मिस युनिभर्स इन्डिया घोषित भएकी छन् ।
उपाधि जितपछि रिया भारतको प्रतिनिधित्व गर्दै मेक्सिकोमा हुने मिस युनिभर्सका लागि भिड्ने छिन् । ताज पहिरिँदै रियाले भनिन्, ‘आज यो उपाधि जितेकोमा म निकै आभारी छु, यहाँसम्म आइपुग्नका लागि मैले निकै मिहिनेत गरेकी छु ।
त्यसैले यो ताजका लागि म आफूलाई सक्षम ठान्दछु ।’ रियाले फेरि एकपटक भारतले मिस यनिभर्स ताज जित्नेमा आफू आशावादी रहेको बताइन् । उक्त प्रतियोगितामा प्राञ्जल प्रिया फस्ट रनरअप तथा छवि वर्ग सेकेन्ड रनरअप बनेका थिए ।
