अनिताले ल्याइन् तीज गीत

श्रावण ३१, २०८१

कान्तिपुर संवाददाता

Anita brought Teej song

काठमाडौँ — बेलायत भ्रमणमा रहेकी गायिका अनिता चलाउनेले नयाँ तीज गीत सार्वजनिक गरेकी छन् । अनिताको ‘म राम्रो कि ऊ राम्रो भन्देऊ सबैले’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 

खेम सेन्चुरी र अनिताको स्वरमा रहेको गीतको शब्द नेत्र अर्यालको छ भने खेम सेन्चुरीले संगीत भरेका छन् । गीतको भिडियो प्रशान्त खड्काको निर्देशनमा सुमन श्रेष्ठले खिचेका छन् ।

विश्व बस्ताकोटीको निर्माण रहेको गीतको छायांकन लन्डनब्रिज, नर्थला फिल्ड, अल्पर्टन मन्दिर लगायतका स्थानमा छायांकन गरिएको हो । गीतको भिडियोमा राजु ढकाल र सुष्मा बस्याल बस्ताकोटीले अभिनय गरेका छन् भने कोरियोग्राफी आरुसी मगरको रहेको छ । 

नेपाली फिल्म फेस्टिभलमा सहभागी हुन लन्डन पुगेकी अनिताले त्यहीँबाट गीत सार्वजनिक गरेकी हुन् । करिब एक दशकदेखि गीत–संगीतमा सक्रिय अनिताका चार दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् ।

कान्तिपुर

Link copied successfully