१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

‘द रेड सुटेकस’ को टिजर

काठमाडौँ — फिडेल देवकोटा निर्देशित फिल्म ‘द रेड सुटेकस’ को टिजर सार्वजनिक भएको छ । बिहीबार फिल्मको दुई मिनेट लामो भिडियो क्लिपसँगै पोस्टर सार्वजनिक गरिएको हो ।

‘द रेड सुटेकस’ को टिजर

सार्वजनिक क्लिपमा देश छाड्ने र देश फर्कनेको नियति देखाइएको छ । फिडेलको डेब्यु निर्देशन फिल्मको क्लिप र पोस्टर अमेरिकी म्यागेजिन भेराइटीमार्फत सार्वजनिक गरिएको हो । निर्देशक फिडेल र निर्माता रामकृष्ण पोखरेलको भनाइ उद्धृत गर्दै भेराइटीले फिल्ममा नेपाल र श्रीलंकाबीचको दुर्लभ सहकार्य रहेको उल्लेख गरेको छ ।

फिडेलकै लेखन रहेको फिल्ममा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्रकमा सामान लिएर सुदूर गाउँमा जाने चालकको रहस्यमय कथा प्रस्तुत गरिएको छ । भेनिस फिल्म फेस्टिभलको होराजेन्टे विधामा प्रतिस्पर्धामा रहेको ‘द रेड सुटेकस’ को आज वर्ल्ड प्रिमियर हुँदै छ ।

वर्ल्ड प्रिमियरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ सहभागी हुँदै छन् । फिल्म आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेल र शोभा थापाले निर्माण गरेका हुन् । श्रीलंकाका निर्माता विमुक्ति जयसुन्दरा फिल्मको सहनिर्माण गरेका हुन् ।

प्रकाशित : भाद्र २२, २०८० ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?