काठमाडौँ — गायिका रचना रिमालको स्वरमा ‘यो साल नि परदेशमै तीज’ गीत सार्वजनिक भएको छ । पढाइ र रोजगारीको सिलसिलामा विदेशिएका नेपाली दिदीबहिनीहरूको मनोभावना समेटिएको गीत रचनाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा दिनेशराज पुरीको शब्द र दीपकराज विश्वकर्माको संगीत तथा संगीत संयोजन रहेको छ । विक्रम चौहानको निर्देशनमा तयार गीतको भिडियोमा रचना रिमाल, आभा थापा, अनिशा ओली, अन्जना बराइली र एलिना रानाले अभिनय गरेका छन् । भिडियोको छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका हुन् ।
