‘घर ज्वाइँ’ मा मिरूना र दयाहाङ

श्रावण ३१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — अनिल बुढा मगरको लेखन र निर्देशनमा बन्ने नेपाली फिल्म ‘घर ज्वाइँ’ बन्ने भएको छ । फिल्ममा दयाहाङ राई र मिरुना मगरलाई जोडीका रूपमा प्रस्तुत गरिने जनाइएको छ । 

मगर समुदायको कथामा बन्ने फिल्ममा दयाहाङ र मिरुनालाई प्रमुख पात्रका रूपमा अनुबन्धित गरेको निर्देशक अनिलले बताए । मगर संस्कृतिमा बन्ने फिल्ममा मगर समुदायकै मुख्य कलाकार राख्न चाहेको भए पनि उपयुक्त पात्र नभेटिएका कारण दयाहाङलाई लिइएको उनको भनाइ छ । 

‘घर ज्वाइँ’ मा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापालगायतका कलाकारले अभिनय गर्ने जनाइएको छ । जीएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । 

फिल्मको पटकथा निर्देशक मगरसहित विनोद खतिवडा र सुवास कोइरालाले तयार पारेका हुन् । रूकुम पूर्वमा छायांकन हुने फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully