‘डन ३’ मा रणवीर

श्रावण २५, २०८०

एजेन्सी

मुम्बई — फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को मुख्य भूमिका रणवीर सिंहले निर्वाह गर्ने भएका छन् । यसअघिका ‘डन’ र ‘डन २’ मा शाहरूख खानले अभिनय गरेका थिए । ती फिल्मबाट शाहरूखले निकै चर्चा कमाएका थिए ।

निर्माण टिमले बुधबार एक भिडियो सार्वजनिक गर्दै फिल्मको निर्माणको घोषणा गरेको हो । भिडियोमा रणवीर सिंहलाई डनका रूपमा प्रस्तुत गरिएको छ । फिल्म रितेश सिधवानी र फरहान अख्तरले निर्माण गर्न लागेका हुन् । 

यसअघि फरहान अख्तरले अमिताभ बच्चन, शाहरूख खान र एक नयाँ अभिनेतालाई लिएर फिल्म बनाउने योजना अघि सारेका थिए । तर तीन पुस्ता समेटेर फिल्म बनाउने अख्तरको योजना शाहरूखले मन नपराएपछि उनलाई रणवीरले विस्थापित गरेका जनाइएको छ । ‘डन ३’ २०२५ मा रिलिज हुने बताइएको छ ।

युवा ग्यालरी

एजेन्सी

Link copied successfully