‘रंगेली ग्याङस्टर’ मा मिरुना र दयाहाङ

श्रावण १८, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्जुन सुवेदीको निर्देशनमा बन्ने फिल्म ‘रंगेली ग्याङस्टर’ को शीर्ष जोडीमा मिरुना मगर र दयाहाङ राई देखिने भएका छन् ।

यसअघि नै मिरुनालाई लिएर फिल्म बनाउने घोषणा गरेका सुवेदीले शीर्ष भूमिकामा दयाहाङलाई अनुबन्धित गरेका हुन् । फिल्ममा अभिनेता प्रवीण खतिवडा पनि अनुबन्धित भएका छन् ।

मोरङको रंगेली वरपरको विषयवस्तुमा केन्द्रित रहने फिल्मको छायांकन भदौ २० गतेदेखि हुने जनाइएको छ । पछिल्लो समय दयाहाङ र मिरुनाको जोडीका फिल्मले निकै राम्रो सफलता हात पारेका छन् । यो जोडी अभिनीत ‘कबड्डी ४’ र ‘जारी’ ले बक्स अफिसमा राम्रो कलेक्सन गरेका थिए । भदौ २९ देखि प्रदर्शनको तयारीमा रहेको ‘नांगो गाउँ’ मा पनि यो जोडी देख्न सकिन्छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully