काठमाडौँ — मिलन आलेमगरले निर्देशन गरेको फिल्म ‘हिँड्दा हिँड्दै’ को ट्रेलर सार्वजनिक गरिएको छ । डीएआर मुभिजको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र रेखा शाहबीच प्रेम र बिछोडको कथा देखिन्छ ।
सुशील पंगेनीको लेखन तथा निर्माण रहेको फिल्म भदौ १ गतेदेखि सार्वजनिक प्रदर्शनीमा आउँदै छ । फिल्ममा आकाश र रेखासँगै सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विकास थापामगर, ममता पौडेललगायत कलाकारले अभिनय गरेका छन् ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्मको राज लामा निर्माता हुन् । प्रमोदकुमार तामाङ र महादेव साह फिल्मको सहनिर्माता हुन् । सुमनकुमार तन्डुकारले छायांकन गरेको फिल्ममा ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत छ । फिल्म वितरणको जिम्मा आरआर फिल्म्स्ले लिएको छ ।
