‘हामी तीन भाइ’ मा जोडिइन् लक्ष्मी

श्रावण ४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — मधुसूदन भट्टराईको निर्देशनमा बन्ने फिल्म ‘हामी तीन भाइ’ मा अभिनेत्री लक्ष्मी बर्देवा अनुबन्धित भएकी छन् । उनीसँगै अर्की नायिका आश्मा गिरी र फिल्म निर्माण पक्षबीच सम्झौता भएको छ । 

निर्देशक स्वयंको कथामा बन्ने फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीको छ । फिल्ममा यसअघि नै अभिनेता विनोद न्यौपाने, कुशल विष्ट र अभिनेत्री जाहन्वी बस्नेत अनुबन्धित भइसकेका छन् । प्रसिद्ध सिने आर्टस्को ब्यानरमा बन्ने फिल्ममा राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा, दीपक बिडारी, फलित राई, तारा शर्मालगायत कलाकारले अभिनय गर्दै छन् । 

साजित महत प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन् । शिव ढकालले छायांकन गर्ने फिल्मको सम्पादन बनिश शाहले गर्ने जनाइएको छ । फिल्मको छायांकन साउन १० गतेबाट सुरु गर्ने निर्माण पक्षको तयारी छ ।  

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully