कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

चेक गणतन्त्रमा ‘गुराँस’ लाई जुरी अवार्ड

चेक गणतन्त्रमा ‘गुराँस’ लाई जुरी अवार्ड

काठमाडौँ — चेक गणतन्त्रमा आयोजित ‘दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाली फिल्म ‘गुराँस’ ले जुरी अवार्ड जितेको छ । गत बुधबार वर्ल्ड प्रिमियर गरिएको फिल्मले प्रोक्सिमा स्पेसल जुरी पुरस्कार हात पारेको हो ।

फिल्ममा दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ । त्यसका लागि कुकुर हराएपछि खोजीमा निस्किएकी १० वर्षीया बालिकालाई प्रयोग गरिएको छ । निर्देशक सौरभ राईले दुई पुस्ता अर्थात् आमाबुबा र छोरीका माध्यमबाट अलग चिन्ता र चिन्तनलाई फिल्ममा प्रस्तुत गरेका छन् । वर्ल्ड प्रिमियरमा सहभागी हुन निर्देशक सौरभ, अभिनेत्री मेनुका प्रधानलगायत प्राग गएका हुन् ।

फिल्मलाई लोआईक्यू, आइसफल, क्रलिङ एन्जल फिल्म्स र नियोनेटले संयुक्त प्रोडक्सनमा निर्माण गरेको हो । ‘गुराँस’ का रूपमा शीर्ष भूमिका भने तुलसी खवासले निर्वाह गरेकी छन् । फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय छ ।

सुबल केआरले छायांकन गरेको फिल्मको प्राविधिक काम मुम्बईमा गरिएको थियो । फिल्मको सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइम सिरिज ‘पञ्चायत’ मा पनि काम गरेकी छन् ।

प्रकाशित : असार २५, २०८० ०७:३१
×