कियाराको ‘सत्य प्रेम की कथा’ आजदेखि

असार १४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — कार्तिक आर्यन र कियारा आडवानी अभिनीत फिल्म ‘सत्य प्रेम की कथा’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । समीर विदवान्स निर्देशित बलिउड फिल्ममा कार्तिक एक गुजराती युवाको भूमिकामा छन् ।

विवाहका लागि केटीको खोजीमा रहेका उनको जीवनमा कियारा आएपछिको प्रेमसम्बन्ध र उतारचढाव फिल्म देखाइएको छ ।

फिल्ममा उनीहरूसँगै सुप्रिया पाठक कपुर, गजराज राव, सिद्धार्थ रन्धेरिया, अनुराधा पटेल, राजपाल यादवलगायतले अभिनय गरेका छन् । 

फिल्म साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानीमा निर्माण भएको हो । फिल्मको कथा करण श्रीकान्त शर्माले लेखेका हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully