१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रुपक र अस्मिताको ‘प्रेम कहानी’

काठमाडौँ — गायिका अस्मिता अधिकारी र रूपम डोटेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘प्रेम कहानी’ बोलको गीत युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो । 

रुपक र अस्मिताको ‘प्रेम कहानी’

स्वाभिमान सुवेदीको शब्द रहेको गीतमा सुबास कार्कीले संगीत भरेका हुन् । पुष्कर खत्रीले संगीत संयोजन गरेका छन् । मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ भने कुमार रानाले गरेका हुन् ।

विशाल घिमिरेको निर्देशनमा तयार भएको गीतको भिडियोमा स्वाभिमान सुवेदी र बसन्ती वलीले अभिनय गरेका छन् । राम केसीले छायांकन गरेको गीतको भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । गीतको भिडियोमा मकवानपुरको कुलेखानी लगायतका रमणीय स्थान देख्न सकिन्छ ।



प्रकाशित : जेष्ठ २५, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?