१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘लुङा’ को फर्स्टलुक

काठमाडौँ — लिम्बू संस्कृतिमा आधारित फिल्म ‘लुङा’ को फर्स्टलुक सार्वजनिक भएको छ । फर्स्टलुकमा कलाकार बुद्धि तामाङ, भुवन सिंह राई तथा सारा लोहोरुङ राईलाई स्थान दिइएको छ । 

‘लुङा’ को फर्स्टलुक

पूर्वी नेपालका रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा बुद्धि, भुवन र सारासँगै भीम शेर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिंखिम, सुदीपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेललगायतको अभिनय छ ।

किरण राईको निर्देशनमा तयार फिल्मको कथा भुवन सिंह राईले लेखेका हुन् । फिल्मले राई–लिम्बू संस्कृतिलाई विशेष महत्त्वका साथ उठाएको निर्देशक राईले बताए । भूमिसा प्रोडक्सनले निर्माण गरेको फिल्मका निर्माता ज्योतिराज राई हुन् ।

सञ्जीव राई र प्रयास घिमिरे फिल्मका कार्यकारी निर्माता हुन् । त्यस्तै, शान्ता पौडेल, मनीषा पाठक, मेनुका घिमिरे, कैलाश राई र टीआर साम्सोहाङ सहनिर्माता छन् । बादल लिम्बू र अनिश श्रेष्ठको संगीत भरेका फिल्मका गीत राजेशपायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङले गाएका छन् ।

साउन ५ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म यसै साता हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा प्रिमियर गरिँदै छ । फिल्मलाई काठमाडौंमा जीजीए ग्रुप र काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्दै छन् ।

प्रकाशित : जेष्ठ २३, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?