२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नम्रताको ‘ह्यासट्याग माया’

काठमाडौँ — अभिनेत्री नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘ह्यासट्याग माया’ (३ माया) को छायांकन सुरु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट छायांकन सुरु गरिएको फिल्म थ्रिलर विधामा निर्माण गरिन लागेको हो ।

नम्रताको ‘ह्यासट्याग माया’

नेपालको सुन्दरतालाई पर्दामा उतार्नका लागि बर्दियामा छायांकन गर्ने सेड्युल तय गरेको कार्यकारी निर्माता अनुप पौडेलको भनाइ छ । फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका राजीव गुरुङले फिल्मको मुख्य कथावस्तु मायाप्रेम रहेको भए पनि अन्य विविध पक्ष समेटिने बताए ।

फिल्ममा नम्रतासँगै सारुक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायत कलाकारको अभिनय रहनेछ । बर्दियापछि फिल्मको छायांकन काठमाडौं र धरानमा पनि गरिने निर्माण पक्षले जनाएको छ । फिल्ममा एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न अभिनेत्री श्रेष्ठले प्रशिक्षणसमेत लिएकी थिइन् । ‘चरित्रलाई जीवन्त बनाउन समय र परिश्रम खर्चेकी हुँ । पर्दामा देखिँदा अभिनय फिक्का नदेखियोस् भन्ने प्रयास हो,’ उनले भनिन् । शर्मिला थापाको निर्माण तथा रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने फिल्मको कथा आशुतोष श्रेष्ठले लेखेका हुन् । फिल्ममा उज्ज्वल जोशीको छायांकन, रेलिजा श्रेष्ठको कला र कृति जोशीको शृंगार रहेको छ ।

प्रकाशित : जेष्ठ २२, २०८० ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?