कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक

काठमाडौँ — जेठ २६ गते देशव्यापी रिलिज हुने फिल्म ‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक भिडियोमा रुवीभ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ । 

‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक

२०७२ को भूकम्पपछिको अवस्थाको कथावस्तु समेटिएको फिल्मको गीतमा राजेशपायल राईले स्वर दिएका छन् । गीतमा चन्द्रकुमार दोङले संगीत भरेका छन् । सेलो संगीत आधारित गीतको भिडियोमा दयाहाङ राई परिवारसँग रमाइरहेको देखिन्छ ।

फूलमान वलको लेखन तथा निर्देशनमा तयार ‘नीरफूल’ मा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीले अभिनय गरेका छन् । ‘कन्टेन्ट प्रधान’ फिल्म भएकाले ‘नीरफूल’ दर्शकले रुचाउने वलको दाबी छ । धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेंसीलगायतका स्थानमा छायांकन गरिएको फिल्ममा रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्मको छायांकन प्रमोद कार्की र सम्पादन निमेष श्रेष्ठले गरेका हुन् । फिल्मका गीतमा अर्जुन पोखरेल र चन्द्रकुमार दोङले संगीत भरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८० ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?