‘नीरफूल’ मा भूकम्पको कथा

वैशाख ३१, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — जेठ २६ गते देशभर रिलिज हुने फिल्म ‘नीरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा २०७२ को भूकम्प र त्यसपछि विकसित कथावस्तु समेटिएको छ । 

युट्युबमार्फत शुक्रबार सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखाइएको छ । दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान वलले गरेका हुन् । निर्देशक वलले भूकम्पले भत्काएका मनहरूलाई फिल्ममार्फत जोड्ने प्रयास गर्न खोजेको बताए । 

धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेंसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । नेपाल–म्यानमार

फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबाको पनि अभिनय छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully