काठमाडौँ — दीपक गौतम र समीक्षा दाहालको स्वरमा नयाँ गीत ‘कौसीमा बसेर’ सार्वजनिक भएको छ । उमेश लम्सालको शब्द रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा किरण भुसालले संगीत भरेका छन् । अशोक भुजेलको निर्देशनमा गीतको भिडियो निर्माण गरिएको छ । भिडियोमा देवेन्द्र बब्लु, रोशनी कार्की र भीष्मराज अधिकारीले अभिनय गरेका छन् ।
भिडियोको सम्पादन अनिल कटवालले गरेका हुन् ।
