‘महिलाको सफलतामा पुरूष सशंकित’

वैशाख ७, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउडमा राजनीति हुने अभिव्यक्तिसँगै चर्चामा आएकी अभिनेत्री प्रियंका चोपडाले ‘महिलाको सफलताले पुरुषहरूले सशंकित महसुस गर्ने’ बताएकी छन् । ‘फिल्मी क्षेत्र पुरुषहरूको लागि खतरापूर्ण छ । त्यसैले एक महिला धेरै सफल भएको खण्डमा उनीहरूले सुरक्षित महसुस गर्दैनन्,’ उनले भनेकी छन् ।

उनले आफ्नो जीवनमा दुई थरी पुरुष भएको बताएकी छन् । चोपडाले केही पुरुष आफ्नो सफलताबाट खुसी हुने र केही भने निकै असुरक्षित महसुस गर्ने गरेको बताइन् । यसअघि उनले फिल्म क्षेत्रमा राजनीति हुने गरेकाले आफूले बलिउड छाडेको बताएकी थिइन् । उनको अभिनय रहेको स्पाई–थ्रिलर वेब सिरिज ‘सिटाडेल’ अप्रिल २८ बाट प्रदर्शनमा आउँदै छ । 

३ सय मिलियन अमेरिकी डलरको सिरिजमा प्रियंकासँगै रिचर्ड म्याडेन, स्टेन्ली टुकी, लेस्ली म्यानविललगायतका कलाकारको अभिनय रहेको छ । अमेजन प्राइममा प्रदर्शन हुने सिरिज रुसो ब्रदर्सले निर्देशन गरेका हुन् । २०१८ मा अमेरिकी गायक तथा कलाकार निक जोनससँग विवाह गरेकी चोपडा गत वर्ष आमा बनेकी थिइन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully