आजकै दिन : टाइटानिकको ओस्कर रेकर्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९८ मा आजकै दिन (मार्च २३) मा आजकै दिन ‘टाइटानिक (१९९७)’ फिल्मले विभिन्न ११ विधामा ओस्कर अवार्ड जितेको थियो । ७० औं एकेडेमी अवार्डअन्तर्गत फिल्मले उत्कृष्ट फिल्म, निर्देशक, आर्ट डाइरेक्सन, सिनेमाटोग्राफी, कस्ट्युम डिजाइन, फिल्म एडिटिङ, ओरिजिनल ड्रामाटिक स्कोर, ओरिजिनल सङ, साउन्ड मिक्सिङ, साउन्ड इफेक्ट्स एडिटिङ, भिजुअल इफेक्ट्स गरी ११ विधामा अवार्ड जितेको थियो । 

११९२ को अप्रिल १५ मा ‘आरएमएस टाइटानिक’ पानीजहाज डुबेको घटनामा आधारित फिल्म जेम्स क्यामेरुनले निर्देशन गरेका हुन् । घटनामा एक हजार पाँच सय जनाभन्दा बढीको ज्यान गएको थियो ।

उक्त सफलतासँगै ‘टाइटानिक’ ले ओस्कर अवार्डमा सबैभन्दा बढी विधामा अवार्ड जित्ने कीर्तिमान बराबरी गरेको थियो । त्यसअघि ‘बेन–हर (१९५९)’ ले ११ विधामा ओस्कार अवार्ड जितेको थियो ।

‘टाइटानिक’ भन्दा पछि भने ‘द लर्ड अफ द रिङ्स : द रिटर्न अफ द किङ (२००३)’ ले ओस्करमा ११ विधामा अवार्ड जितिसकेको छ । अंग्रेजी लेखक जेआरआरको ‘द रिटर्न अफ द किङ’ उपन्यासमा आधारित फिल्म पिटर ज्याक्सनले निर्देशन गरेका हुन् ।

‘वेस्ट साइड स्टोरी (१९६१)’ ले १० विधामा तथा ‘जिगी (१९५८)’, ‘द इंगलिस प्यासेन्ट (१९६६)’ र ‘द लास्ट एम्पेरर (१९८७)’ ले समान ९ विधामा ओस्कार अवार्ड जितका थिए । अन्य आठ फिल्मले विभिन्न आठ विधामा अवार्ड हात पारिसकेका छन् ।

यस वर्ष गत मार्च १३ मा सम्पन्न ९५ औं ओस्कर अवार्डमा भने ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषित भएको थियो । फिल्मबाट डेनिएल क्वान र डेनिएल साइनर्टले उत्कृष्ट निर्देशकको अवार्ड जिते । त्यस्तै, ब्रेन्डन फ्रेसर उत्कृष्ट अभिनेता र मिसेल योह उत्कृष्ट अभिनेत्री बनिन् ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्

‘गणपति’ जेठ ५ मा

कान्तिपुर संवाददाता

काठमाडौँ — सविन अधिकारीले निर्देशन गरेको फिल्म ‘गणपति’ जेठ ५ गते रिलिज हुने भएको छ । फिल्म निर्माण पक्षले रिलिज मिति घोषणा गर्दै फिल्मको पोस्टरसमेत सार्वजनिक गरेको हो । बुधबार सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय मुकुन भुसाल र मेनुका प्रधान देखिन्छन् । त्यसका साथै, गणेशको अनुहार झल्किने मुकुन्डो लगाएका एक व्यक्ति अग्रभागमा छन् । 

फिल्मले पछिल्लो समय समाजमा घटेका घटनालाई चित्रण गरेको निर्देशक अधिकारीको भनाइ छ । समाजले कुनै बेला भगवान मान्ने व्यक्तिलाई त्यही समाजले गर्ने नरकीय व्यवहार वरपर फिल्मको कथा घुमेको उनले बताए ।

निर्देशक अधिकारीकै कथामा बनेको फिल्ममा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लु लगायतका कलाकारले अभिनय गरेका छन् ।

एबिगम्यान फिल्म्स ब्यानरको फिल्म निर्माण भएको ‘गणपति’ को छायांकन तनहुँको थारुवासमा गरिएको हो । लक्ष्मण थापाको लगानी रहेको फिल्म हरिबहादुर घलेको छायांकनमा तयार भएको हो ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×