राईको निर्देशनमा ‘जय हो’

काठमाडौँ — टेक पौरखी राईको निर्देशनमा ‘जय हो’ फिल्म बन्ने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म निर्माणको घोषणा गरिएको हो ।

राईको निर्देशनमा ‘जय हो’

फिल्ममा अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबी मगर, रोहित रुम्बालगायत कलाकारको अभिनय रहने जनाइएको छ ।

सलोन–सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शोभित बस्नेत र निर्माण संयोजक सुवास दुखी छन् । फिल्ममा सम्राट बस्नेतले द्वन्द्व, कविराज गहतराज र रामजी लमिछानेले कोरियोग्राफी तथा बनिश शाहले सम्पादनको काम गर्ने जनाइएको छ ।

फिल्मको कथा सुरेश न्यौपानेले लेखेका छन् भने शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ । कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण रहने फिल्मको छायांकन मुस्ताङ र पोखरामा गरिने निर्माण पक्षले

जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?