कुवेतमा कोरोना भाइरसबाट एक नेपाली संक्रमित

चैत्र २०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कुवेतमा एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार २८ जना संक्रमित पहिचान भएको बेला एकजना नेपाली कामदारमा पनि देखिएको हो । उनको अवस्था स्थिर छ ।


कुवेतमा  काेराेना संक्रमितको संख्या ३ सय १७ पुगेको छ । दूतावासले कोरोना भाइरसबाट बच्नको लागि उच्च सर्तकता अपनाउनको लागि नेपाली समुदायलाई आग्रह गरेको छ ।


कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।  

 

कान्तिपुर

Link copied successfully