१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कुवेतमा कोरोना भाइरसबाट एक नेपाली संक्रमित

काठमाडौँ — कुवेतमा एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कुवेतमा कोरोना भाइरसबाट एक नेपाली संक्रमित

कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार २८ जना संक्रमित पहिचान भएको बेला एकजना नेपाली कामदारमा पनि देखिएको हो । उनको अवस्था स्थिर छ ।


कुवेतमा काेराेना संक्रमितको संख्या ३ सय १७ पुगेको छ । दूतावासले कोरोना भाइरसबाट बच्नको लागि उच्च सर्तकता अपनाउनको लागि नेपाली समुदायलाई आग्रह गरेको छ ।


कुवेतमा झन्डै ७० हजार नेपाली कार्यरत छन् ।


प्रकाशित : चैत्र २०, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?