कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

च्याम्पियन्स लिग अनिश्‍चितकालका लागि रोकियो

एएफपी

पेरिस — युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग अर्को सूचना नआएसम्मका लागि रोकिएको घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमणको महामारीका कारण यूईएफएले यो निर्णय गरेको हो ।

च्याम्पियन्स लिग अनिश्‍चितकालका लागि रोकियो

युरोपेली फुटबलको सर्वोच्च संस्थाले राष्ट्रिय टिमका सबै खेल पनि रद्द गरेको छ । त्यसमा युरो २०२० का छनोट पनि छन् । युरो २०२० समेत एक वर्ष पछाडि सार्ने निर्णय भइसकेको छ ।

यसअघि यूईएफएले पुरुष र महिलाको च्याम्पियन्स लिग तथा युरोपा लिगका फाइनल पछाडि सारिएको थियो । अहिले पूरा युरोपमा लगभग सबै घरेलु फुटबल स्थगितको स्थितिमा रहेको छ ।

प्रकाशित : चैत्र २०, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?