कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दोस्रो विश्‍वयुद्धपछि पहिलो पल्ट विम्बल्डन स्थगित

एएफपी

लन्डन — दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन २०२० स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड- १९) को संक्रमणको महामारीका कारण विश्व टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता नहुने भएको हो ।

दोस्रो विश्‍वयुद्धपछि पहिलो पल्ट विम्बल्डन स्थगित

रोजर फेडेरर र सेरेना विलियम्स जस्ता खेलाडीले प्रतियोगिता नहुने घोषणाले आफूहरू स्तब्ध भएको बताएका छन् । लन्डनको आयोजक अल इंग्ल्यान्ड क्लबको यो घोषणाले पूरा सिजनमा ठूलो धक्का पुगेको छ ।

अब कम्तीमा मध्य जुलाईसम्म कुनै टेनिस प्रतियोगिता हुने छैनन् । यसपल्टको विम्बल्डन तय कार्यक्रम अनुसार जुन २९ बाट सुरु हुनु पर्ने हो । त्यसमा नोभाक जोकोभिच र सिमोना हालेप डिफेन्डिङ च्याम्पियन थिए ।

आयोजक क्लबले प्रतियोगिताको स्थगन गर्ने निर्णय निकै गाह्रो भएको र यसमा उत्तिकै दु:ख र पीडा रहेको पनि बताएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?