गैरआवासी नेपालीलाई सबै खाले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल प्रवाहमा सामेल गराइने ।
काठमाडौँ — गैरआवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी 'एक पटकको नेपाली सधैंको नेपाली' भन्ने नारालाई मूर्त रूप दिइने अर्थमन्त्री स्वर्णिम वाग्ले बताएका छन् ।
शुक्रबार संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
गैरआवासी नेपालीलाई सबै खाले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल प्रवाहमा सामेल गराइने उनले बताए ।
