रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास अघि बढाइने

२२ असार २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गरे पनि भवन अझै बन्न सकेको छैन् ।

जेष्ठ १५, २०८३

विद्यानन्द राम

Infrastructure development of Ramraja Prasad Singh Institute of Health Sciences to be taken forward

राजविराज — सरकारले सप्तरीको राजविराज नगरपालिका–१० विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाइने बताएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाइने बताएका हुन् ।

१६ पुस २०७५ मा मन्त्रिपरिषद्ले यहाँ प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेपछि नगरपालिकाले ३० वर्षका लागि ६२ विघा जग्गा उपलब्ध गराएको थियो । २२ असार २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गरे पनि भवन भने अझै बन्न सकेको छैन् ।

बजेट ०८३/८४

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully