वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा शुल्कलाई श्रमिकमैत्री बनाउने सरकारको घोषणा

अर्थमन्त्री स्वर्णिम वाग्लेले बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने बताए ।

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Government announces to make service fees for workers going for foreign employment more worker-friendly

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिकमैत्री बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ‘वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिकमैत्री बनाउनेछौं,’ उनले भने ।  

उनले बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने बताए ।

कान्तिपुर

Link copied successfully