वनको जग्गाको भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था सरकारले मिलाउने भएको छ ।
काठमाडौँ — सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने व्यवस्था मिलाउने जनाएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रसारणलाइन बनाउने र ह्विलिङ चार्ज लिई विद्युत् व्यापार गर्ने सक्ने कानुनी व्यवस्था मिलाउने समेत बताएका छन् । सरकारले जलविद्युत् आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व हस्तान्तरण हुँदा वनको जग्गाको भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउने जनाएको छ ।
चालु आर्थिक वर्षभित्रै विकास आयोजनासम्बन्धी ‘सनसेट’ कानुन संसद्मा पेस गर्ने समेत वाग्लेले बताए ।
