नेपालको पेट्रोलियम भण्डारण क्षमता : १६ दिनलाई मात्र पुग्ने

गण्डकी प्रदेशमा सबैभन्दा बढी ३७ दिनको माग धान्न सक्ने र कर्णाली प्रदेशमा सबैभन्दा कम १ दिनको माग धान्न सक्ने मौज्दात क्षमता रहेको छ ।

जेष्ठ १३, २०८३

कान्तिपुर संवाददाता

Nepal's petroleum storage capacity: Only enough for 16 days

काठमाडौँ — नेपालको पेट्रोलियम पदार्थको भण्डारण क्षमता २०८२ असारसम्म १ लाख २ हजार २ सय ८१ किलोलिटर पुगेको छ ।

बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार पेट्रोलियम पदार्थको उक्त मौज्दात क्षमता सरदरमा १६ दिन बराबरको माग धान्न पर्याप्त छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी ३७ दिनको माग धान्न सक्ने र कर्णाली प्रदेशमा सबैभन्दा कम १ दिनको माग धान्न सक्ने मौज्दात क्षमता रहेको छ ।

पेट्रोल, डिजेल, मट्टितेल र हवाई ईन्धनको भण्डारण मधेश प्रदेशको अमलेखगञ्ज डिपोमा मात्र कुल क्षमताको ४३.५ प्रतिशत रहेको छ ।

काठमाडौंमा यस्तो भण्डारण क्षमता २१.९ प्रतिशत, पोखरामा १३.३ प्रतिशत, विराटनगरमा ९.९ प्रतिशत, भैरहवामा ४. १ प्रतिशत, नेपालगञ्जमा ३.६ प्रतिशत र धनगढीमा २.६ प्रतिशत रहेको छ । दाङ, सिमरा, भद्रपुर, मन्थली, दिपालयलगायतका स्थानमा यस्तो भण्डारण न्यून रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully